1/09/2026

नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित हुनभएको प्र.अ. लेस बहादुर खाँणलाई बधाई ज्ञापन गरिँदै

नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित हुनभएको प्र.अ. लेस बहादुर खाँणलाई बधाई ज्ञापन गरिँदै

​श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जाका आदरणीय प्रधानाध्यापक श्री लेस बहादुर खाँणज्यूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र प्रशासनिक सुदृढीकरणमा पुर्‍याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै चापाकोट नगरपालिकाले उहाँलाई नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित गरेको छ। यस सुखद अवसरमा आज मिति २०८२ पुस २५ गते विद्यालय परिवारद्वारा एक विशेष समारोह आयोजना गरी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गरिएको छ । उहाँको सफल नेतृत्व र आगामी सुखद कार्यकालका लागि विद्यालय परिवार सधैं गौरव गर्दै शुभकामना व्यक्त गर्दछ ।
सिकाइ आपुरण तथा द्रुत सिकाइ (ReAL) को आधार परीक्षाको तस्बिरहरू

सिकाइ आपुरण तथा द्रुत सिकाइ (ReAL) को आधार परीक्षाको तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जामा मिति २०८२ पुस २४ गते कक्षा ३ देखि कक्षा ८ सम्म सिकाइ आपुरण तथा द्रुत सिकाइ (ReAL) को आधार परीक्षा (Baseline Exam) परीक्षा सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त परीक्षामा लिइएको केही तस्बिरहरू ।

12/19/2025

पुरस्कार वितरणको क्रममा लिइएको कक्षा ६ देखि १० सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू

पुरस्कार वितरणको क्रममा लिइएको कक्षा ६ देखि १० सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ३ गते बिहिबार अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार र प्रगति विवरण वितरण तथा अभिभावक अन्तर्कृया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा पुरस्कार वितरणको क्रममा लिइएको कक्षा ६ देखि १० सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू ! 💝🎉😘
अपडेट
लोडिङ हुँदै छ...